पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन हटाउन प्रस्ताव



उपत्यकामा अबको १० वर्षमा डिजेल र पेट्रोलबाट चल्ने गाडी हटाएर विद्युतीय गाडी ल्याउन संसद्मा प्रस्ताव पेस भएको छ ।

कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले संसद्मा प्रस्ताव दर्ता गराएका हुन् । उनले काठमाडौं उपत्यकामा सन् २०२७ सम्ममा र नेपालबाटै सन् २०३१ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन पूर्ण रूपमा विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा ल्याउने संकल्प घोषणा माग गरेका छन् ।

प्रस्तावमा रामेश्वर फुयाल, दीपकप्रसाद कुइँकेल, कान्ता भट्टराई र कौशर शाहलगायतका सांसदले समर्थन जनाएका छन् । संसद्मा पेस भएको प्रस्तावमा ‘वातावरण क्षेत्रमा खर्च गर्नुपर्ने पेट्रोलियम पदार्थ खरिद गर्दा वातावरणीय करका रूपमा उठाइएको रकमसमेत सदुपयोग हुने गरी यसको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ । प्रदूषण शुल्कबापत उठाइएको अर्बौं रकम वर्षौंदेखि यत्तिकै थन्किएको छ ।

पछिल्लो अध्ययन अनुसार उपत्यकामा आधाभन्दा बढी प्रदुषण सवारीसाधनबाट हुने गरेको तथ्यांकले देखाएको छ । हरेक ५ वर्षमा दोब्बर हुने उपत्यकाको सवारी साधनका कारण प्रदुषण बढ्दै गएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics