चीनको चमत्कार रेल



चीनले संसारकै सबैभन्दा पहिलो लीगरहित रेल सडकमा परीक्षण गरेको छ ।सोमवार चीनले हेनान प्रान्तको झुझोउमा ट्य्राकरहित रेलको सफल परीक्षण गरेको थियो । यो रेल बनाउने चीफ इन्जिनियर फेङ जिआंघुआका अनुसार, ट्य्राकलेस ट्रेन सिस्टम अन्य मेट्रो वा मोनोरेलको तुलनामा सस्तो प्रविधि हो ।

यसैमार्फत चीनले संसारको पहिलो इन्टेलिजेन्ट रेल एक्सप्रेस सिस्टम विकास गर्ने योजना बनाएको छ । यो रेलमा एकचोटिमा ३०० देखि ५०० यात्रस चढ्न सक्छन् ।

यो ट्रेन वातावरणमैत्री रहेको छ । एकपटक चार्ज भएपछि रेल ४० किलोमिटरसम्म गुड्न सक्छ । ट्रेनमा सेन्सर टेक्नोलोजी प्रयोग गरिएको छ । यसले ट्रेन आफैं बाटो पत्ता लगाएर अघि बढ्न सक्छ ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics