नेपाली गैंडा उद्धार गर्न प्राविधिकलाई हैरानी

बाढीले बगाएर भारत पुगेको गैंडाको उद्धार सहजतापूर्वक  गरेपनि उद्धार टोलीले नेपालका गैंडा भने ४ दिन देखी त्रिवेणी क्षेत्रमा भेटाउन सकेको छैन् । यस अघि पनि त्रिवेणी क्षेत्रमा पाँच दिन गैंडा उद्धारमा खटेर भेटाउन नसकेपछि भारत तर्फ लागेका थिए । गैंडा उद्धार टोलीले पछिल्लो भारत पुगेको गैंडा खोजी गरेको दिनमै दिउसो ३ः३९ मा नै भेटर डार्ट गरिसकेका थिए । तर नेपालमा गैंडा भने भारत भन्दा गाह्रो भएको अनुभव उद्धार टोलीको रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार त्रिवेणी क्षेत्रमा दुईवटा गैंडा रहेको अनुमान छ । उनले भने, भारतको भन्दा नेपालको गैंडा उद्धारमा धेरै गाह्रो भएको छ । एउटा बच्चा गैंडा नजिकैबाट  उम्केर भिरालो कुडेको छ ।’ कँडेले आज पनि गैंडा नभेटिए उद्धार टोली फर्कीन जानकारी दिए ।

वरिष्ठ पश् चिकित्सक कमल प्रसाद गैरेले  आफ्नो फेसबुक मार्फत गैंडा चुनाव प्रचारमा गयो कि क्या हो कतै भेटिएन नि भन्दै गुनासो पोखेका छन ।

पशुचिकित्सक र प्राविधिक सहितको ४० जनाको टोली र ६ वटा हात्ती गै‌डा उद्धारका लागि खटिएका छन् ।उद्धार टोलीले नेपालबाट एउटा केटो गैंडा र भारतबाट नौ वटा गैंडा उद्धार गरिसकेको छ । भारतबाट उद्धार गरिएको गैंडामा ८ वटा पोथी गैंडा र एउटा केटो रहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics