कोशाीटप्पुमा हात्तीले दुई जनाको ज्यान लियो

यही हात्तीले सोमबार कोशीटप्पु आरक्षमा दुई जनालाई आक्रमण गरेर ज्यान लिएको थियो । तस्बिर: पुरुषोतम पाण्डे

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षकी देवीका देवी सरादरा र ४५ वर्षकी बेचनदेवी सरादर रहेको कोशिटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । उक्त हात्तीको आक्रमणबाट एक जनालाई घाइते बनाएको छ । घाइते बिन्दादेवी सरदारको दाहिने खुट्टा ,छाती र मुखमा चोट लागेको छ । अहिले बिन्दादेवी विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । हात्तीले सरदार टोलमा कोशी गाउँपालिका ,३मा दिउसो ३ः ४५ बजे दाउरा लिएर फर्किदै गर्दा उखुबारीमा आक्रमण गरेको थियो ।


नेपालका हात्तीबारे विद्यावारिधी गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक रामले आफ्नो वासस्थान विनासको कारण हात्तीले आक्रमण बढ्दै गएको बताए । ‘ हात्ती ठुलो हुने भएकोले धेरै खानेकुरा खानुपर्न हुन्छ त्यस क्रममा लामो क्षेत्रफलमा हात्ती ओहोदोहर  गर्दा  मान्छेसँग जम्काभेट भएको अवस्थामा  हात्तीले आक्रमण गर्छ । ’उनले भने, ‘ मानिसहरू हात्तीको नजिक हेर्न जान खोज्दा र  बाटोमा हिँदा अवरोध आयो भने पनि आक्रमण गर्छ । ’


पछिल्ला वर्षहरूमा यो आरक्षमा मानवीय क्षति बढ्दो छ । यो क्षेत्रमा खास गरी हात्तीको आक्रमण बढी हुने गरेको साहले बताए । हात्तीलगायतका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने गरेको छ । नेपालमा सबैभन्दा बढी हात्तीका कारण बढी मानवीय क्षति हुने गरेको छ । चितवन, बर्दिया, पर्सा र शुक्लाफाटा निकुञ्जबाट निस्किएका हात्तीले वितण्डा मच्चाउने गरेको छ । पूर्वी नेपालको झापामा भने भारतबाट आएका जंगली हात्तीले बर्सेनि क्षति गर्ने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics