अन्तर्राष्ट्रिय विमानस्थलभित्र कुकुरको बिचल्ली



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनदिनदेखि कुकुरका छाउराको बिचल्ली भएको छ । विमानस्थलको आगमन कक्षमा खोरभित्र थुनेर राखिएका छाउराले तीननिदनदेखि केही खानसमेत पाएका छैनन् ।

चिसो भूँइमा राखिएको खोरमा रहेका तीन छाउरा र एक बयस्क कुकुर दिनभरि तथा रातभरि रोएको आवाज सुनिन्छ ।



मंगलबार दिउसो बैंककबाट आएको थाइ एयरको विमानबाट काठमाडौं ल्याइएका ती कुकुर कसको भन्ने अहिलेसम्म खुलेको छैन । तर भन्सार स्रोतले भने ढकाल थरका एक व्यक्तिले ती कुकुरका छाउरा लिएर आएको र प्रकृया नमिलेका कारण विमानस्थलमै रोकिएको जानकारी दिएका छन् ।

विमानस्थलभित्र रहेका ती कुकुरको बिचल्ली देखेर आउने यात्रुहरु समेत चिन्ता व्यक्त गरिरहेको सुनिन्छ । विमानस्थलबाट बाहिर निस्किएका सुमन कार्कीले भने, खोरमा थुनिएका कुकुरको रुवाइले मनै चिरियो । कसैले उद्धार गरिदिए हुन्थ्यो । विमानस्थलका एक कर्मचारीले कुकुरका छाउराको बिचल्लीले मन कुँडिएको बताउदै सम्बन्धित निकाय र पशु अधिकारबादीसँग उद्दारको आग्रह गरेका छन् ।



विमानस्थल प्रशासन र भन्सार कर्मचारीको ढिलासुस्ती तथा झंझटिलो प्रकृयाका कारण निर्दोष कुकुरको ज्यान खतरामा परेको छ । यसअघि पनि विमानस्थलमा अलपत्र परेका कुकुरको लामो समय उद्धार नहुँदा विमानस्थलबाहिर निकाल्नेवित्तिकै कुकुर मरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics