रानी तलाउको पुनःनिर्माण कार्य सुरु



नेपालगञ्ज वडा नं ८ स्थित वर्षौंदेखि जीर्ण ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण काम सुरु गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले २२ लाख ७८ हजार लागतमा पन्त कन्स्ट्रक्सनमार्फत आगामी असार १५ सम्म पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको जानकारी दिए ।

तलाउको माटो सम्याउने, पर्खाल, क्यान्टिन निर्माण र मर्मत गरिने, दक्षिणतर्फ तीन साना भवन बनाइनाका साथै डिप बोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगा सञ्चालनको व्यवस्था गरिने बताइएको छ ।

करिब डेढ दशकदेखि रानी तलाउ उपयोगविहीन अवस्थामा थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics