कृष्णसारकाे शिकारमा सलमान दोषी ठहर



कृष्णसार मारेको मुदामा परेका बलिउड चर्चित हिरो सलमान खानलाई जोधपुरको अदालतबाट  दोषी ठहर गरिएको छ । सलमान सन् १९९८ मा राजस्थान जोधपुरको ग्रामीण क्षेत्रमा  दुईवटा कालो हरिण मारेको मुदामा परेका थिए ।

सलमान खानसँगै उनलाई उक्साएको आरोपमा अभिनेता सैफ अली खान, अधिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमा गरी ५ जनालाई मुदा दायर भएको थियो ।

वन्यजन्तु संरक्षण एन धारा ५१ अन्तर्गत सलमान खान दोषी ठहरिएका हुन । सलमानलाई वन्यजन्तु संरक्षण एन अनुसार ६ वर्ष जेल सजाए हुने सक्ने छ ।

फिल्म ‘हाम साथ हैं’ को सुटिङको क्रममा यो घटना भएको थियो । लामो समयसम्म सुनवाई चलेको कृष्णसार मुदामा कयौँ उतार—चढावपछि सलमान खानलाई दोषी ठहर गरिएका हाे । उक्त अभियोगमा लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ । अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics