यस्तो छ चीन पठाउने गैँडाको खोर

गैंडा पठाउन बनाउँदै गरेको खोर


चीनलाई उपहार दिन लागिएको एकसिंगे गैँडाका लागि चितवनमा खोर बनाउने काम तीव्र गतिमा भइरहेको छ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरूप दुई जोडी गैँडा दिने निर्णय गत वर्ष नै भएको थियो ।

चितवन राष्ट्यि निकुञ्ज भित्रको अमलटारी आसपासबाट गैँडा समातनआन्तरिक अध्ययनको सबै काम पूरा भएको जानकारी निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले दिए ।

गत मगलबार चीनबाट एकजना पशु चिकित्सक गैँडा  समातने प्रक्रियाको तयारीका लागि चितवन पुगेका छन् । चीनबाट दुईजनालाई गैँडा नियन्त्रणमा लिइएको दृश्य हेर्न निमन्त्रणा गरिएको थियो ।  अर्को चिनीया टोली भने आगामी जुनमा आउने योजना छ ।

गैँडा कसरी समातिन्छ ,कस्तो ठाउँ बस्छ, बिहान र बेलुका के खान्छ भन्ने लगायतका जानकारी लिन चिनीया पशु चिकित्सक नेपाल आएका हुन् । गैँडाको स्याहार र खानपानमा विशेष ध्यान दिनका लागि उनीहरूले नेपाली टोलीबाट विभिन्न जानकारी लिनेछन् ।

गैँडाको हस्तरण पूर्व जंगलमा बसेको गैँडाको आनिबानी र खानपिन तथा व्यवाहार परिवर्तनका लागि खोरमा राखेर अध्ययन गर्ने तयारी पनि नेपाली र चिनीया टोलीले गरेका छन् । गैँडा राख्नका लागि अहिले चितवन राष्ट्रिय निकुञ्ज भित्र एउटा खोर (इन्क्लोजर) पूर्ण रूपमा तयार भइसकेको छ भन्ने अर्का खोर धमाधम बनिरहेको छ । एउटा खोर भित्र एउटा मात्र गैँडा राखिने छ । गैँडाका लागि बस्न सजिलो हुने प्रकारको खोर निर्माण गरिन्छ । जसमा राखेरै ती गैँडालाई चीनसम्म पुर्‍याइन्छ ।

आउँदो दुई साताभित्रमा गैँडा समातने काम सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको जानकारी अर्यालले दिए ।

गत साल कात्तिक महिनामा भएको चीन नेपाल बैठकमा गैँडा हस्तान्तरण गर्ने सहमति भई प्रक्रिया अघि बढाइएको थियो । सो अवसरमा चीनबाट आएको सातजना अधिकारीसमेतको टोलीले चितवन राष्ट्रिय निकुञ्ज घुमेर वस्तुस्थितिको जानकारी लिएर स्वदेश फर्किएको थियो ।

सबैभन्दा पहिले गैँडाको लिंग पहिचान गरी सुरुमा निकुञ्जको पोथी गैँडा समात्ने योजना छ । यसको लागी प्राविधिक,पशु चिकित्सक र हात्ती परिचालन पनि गरिन्छ ।

नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असार २६ गते अधिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैँडा उपहार दिएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics