नेपाली इन्जिनियरलाई चीनमा रेलको तालिम सुरु



चीनमा नेपाली रेल प्राविधिकहरुलाई चीनले तालिम दिन सुरु गरेको छ । रेल विभागमार्फत १२ जना इन्जिनियरको टोली अहिले चीनमा तालिम लिँदैछ ।

एक हप्ताअघि चीन गएको सो टोली अझै दुई हप्तासम्म चीनमै रहनेछ ।

रेल्वे विभागमा बरिष्ट इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार यो टोलीले चीनको रेल्वे विज्ञसँग सैद्दान्तिक, ब्यवहारिक कक्षासँगै स्थलगत अध्ययन गर्दैछ । नेपाल(चीन रेलमार्ग बनाउन प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भइसकेको छ ।

काठमाडौं-केरुङ रेलमार्ग निर्माणका लागि चीनले कम्पनी नै नियुक्त गरेर अध्ययन थालेको छ । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति भएको छ ।बरिष्ठ इन्जिनियर उपाध्याय अब नेपाली इन्जिनियरलाई चीनले लगातार आवश्यक तालिमहरु दिने बताउँछन् ।

तालिमले डिजाइन, विस्तृत आयोजना प्रतिवेदन तयारी, रेलमार्गको स्टेसन निर्माण, रेलका संकेतलगायत विषयमा नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।  नेपाली इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले यो तालिम हाम्रा लागि महत्वपूर्ण हुने रेलमार्ग अगाडि बढाउन सहज पनि हुने विश्वास विभागको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics