कास्कीमा नयाँ पदमार्ग पहिचान



कास्कीको अन्नपूर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्तर्गत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा नम्बर ८ को एक टोलीले पदमार्गको अनुगमन समेत गरेको छ। स्थानियवासीको माग अनुसार पदमार्ग सर्वे भई गाउँपालिकाबाट बजेट विनियोजन गरि पदमार्गको बाटो निर्माण गरिएको हो ।

गाँउपालीका वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङले पदमार्गलाई व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने बताए ।

पदमार्गमा पूर्वाधार विकासका लागि अगामी दिनमा गाँउपालीका सँगको समन्वयमा बजेट विनियोजन गरिने गाँउपालीका वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङले जानकारी दिए ।हिमलयनको लोभलाग्दा दृश्य सँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यतायुक्त स्थलहरूको अवलोकन गर्नु नै पदमार्गको विशेषता रहेको गुरुङको भनाई छ ।

पदयात्रा गर्नेहरुका लागि पदमार्ग उपयुक्त रहेको पदयात्रीहरूको भनाई छ। प्राकृतिक सौन्दर्यता र ऐतिहासिक स्थलहरूले गर्दा यात्रालाई सहज बनाइदिने पदयात्री राम गुरुङले बताए ।

पोखरादेखि करिब ५२ किलोमिटरको सवारी साधान यात्रा पछि यो पदमार्गको यात्रा सुरु हुन्छ । पदमार्ग कास्कीको अन्नपूर्ण आधार शिविर, घोरेपानीलगायत पदमार्गसँग पनि जोडिने भएकाले यसको महत्व रहेको छ। पदमार्ग व्यवस्थापन समिति संयोजक मानसिँह विश्वकर्माका अनुसार विरेठाँटीदेखि टारापानी, घान्द्रुक हुँदै पुनः विरेठाँटी मै पुग्ने गरि पदमार्गको अवधारणा कार्यान्वयनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ ।

गुरुङ जातिको बहुल्यता रहेको यस पदमार्गका गाँउहरुमा दलित ब्राह्मण, क्षेत्री, मगर, दलित समुदायको बसोबास छ ।

स्थानीय बासिका अनुसार दुई रात तिन दिनमा पुरा गर्न सकिने यो पदमार्गमा आवश्यक पूर्वाधार निर्माण सँगै सुधार गर्न सकिए वैकल्पिक पदमार्ग बन्न सक्छ । कास्कीको विरेठाँटी छाहरा कुना, होमस्टे, थामडाँडा, करिब २९ सय मिटर उचाइमा भ्रेज मेश्राम बराह मन्दिर, ऐतिहासिकस्थल मु्रस्योथान, पर्यटकिय गन्तव्य टारापानी, भैँसी खर्क, घान्द्रुक, यस पदमार्ग भित्र पर्छन् ।

यस पदमार्गमा जाने पदयात्रीले मनोरम हिमालय श्रङखलासँगै अर्गा्निक परिकार सँगैकयाकिङ्ग लगायत साहासिक खेलको मज्जा समेत लिन पाउँछन्। प्राकृतिक सौन्दर्यता, ऐतिहासिकस्थल, हिमशृङ्खला, कला, संस्कृति, हिमाली जनजीवन र भूगोलमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाई यो पदमार्ग बन्न सक्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics