देशभरी हिलो वर्षा, यस्तो छ कारण



राजधानी लगायत देशका विभिन्न भागमा हिलो पानी परेको छ । केहि दिनयता हिलो मिसिएको पानी परिरहेको खबर देशभरीबाट प्राप्त भइरहेको छ ।

खुल्ला आकाशमुनी राखिएका सवारी साधानमा पनि हिलो पानी देखिएको छ । घरका छतहरुमा पनि हिलो जम्मा भएको समाचारहरु सामाजिक सञ्जालहरुमा पोष्ट भइरहेका छन् । यसअघि अनुभव गरिएको यस्तो घटनाले धेरै आश्चर्यमा परेका छन् । तर मौसमविद्हरुले भने यस्तो वर्षा प्रदुषणकै कारण भएको जानकारी दिएका छन् । राजस्थान तथा आसपासका मरुभूमीबाट माटो तथा वालुवाको कण पश्चिमी वायुले उडाएर ल्याएको जलवायु तथा मौसम पूर्वानुमान मशाखाले जनाएको छ । आकाशमा जम्मा भएका धुलो र बालुवा पानीसँगै झरेको हो । मरुभीमा चलेको तिब्रगतीको हावाले उडाएर ल्याएको माटो वायु मण्डलमा रहेकोले यस्तो भएको निश्कर्ष विज्ञहरुले निकालेका छन् ।


त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मदन सिग्देलले प्रदुषणका कारण हिलो पानी परेको बताएका छन् । उनले भने, ' वायुमण्डलमा भएको प्रदुषणका कारण यस्तो  भएको हो ।'

शुक्रबार राती काठमाडौं धेरै स्थानमा यस्तो वर्षा देखिएको छ । हिलो पानी परेको अनुभव यसअघि नभएको सर्वसाधारणको भनाई छ । तर राजस्थान लगायतका स्थानबाट हावाले बालुवा उडाएर ल्याउदा काठमाडौं आसपासको क्षेत्रमा प्रदुषण हुने गरका घटना भने छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics