टोल-टोलमा पुगे मेयर विद्या सुन्दर

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य टोलबासीको समस्या बुझन सिनामंगल पुगेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिनामंगल समाजद्वारा आयोजना गरिएको कार्यक्रममा मेयर शाक्य टोलका विभिन्न स्थानमा पुगेका थिए ।

टोलबासीले भोग्दै आएका सडक, ढल र खानेपानी लगाएतका समस्याबारे मेयर शाक्यले अवलोकन गरेका थिए ।
कार्यक्रममा खहरेचोक , मनोहर वस्ती , पुरानो सिनामंगल हुँदै वडाका विभिन्न स्थानमा सरसफाई सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरिएको थियो ।

यस वडामा छ वटा ब्लकहरु निर्माण भएको छ । प्रत्येक ब्लकहरुमा छुट्टाछुट्टै समिति गठन गरि त्यसको दिगोपन,स्वच्छ वातावरण र हरवरा बनाउने लक्ष्य रहेको सिनामंगल नगरसेवा समाजको अध्यक्ष गोपाल तामाङ्गले बताए ।

“३२ वटै वडामा सडक, ढल तथा खानेपानीको सहज पहुँच हरियाली र पर्यटकिय स्थल बनाइने छ,” मेयर शाक्यले भने ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वडा नं.३२ अरु वडा भन्दा सुन्दर र वातवरणीय हिसाबले स्वच्छ रहेको बताए। उनले स्थानीयबासी लागेमा सफा,सुन्दर र हरियाली वडा बन्ने विश्वास व्यक्त गरे ।

बटुक राज गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics