पूर्वअञ्चल विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीको हल्ट प्रतिस्पर्धा

पूर्वअञ्चल विश्व विद्यालयले विश्वव्यापी रूपमा आयोजना हुने हल्ट पुरस्कार प्रतिस्पर्धा बसुन्धारा स्थित साउथ वेस्टर्न बिजनेस कलेजमा आयोजना हुने भएको छ ।

विश्वका एक सय ५० भन्दा बढी देशमा हुने यस प्रतियोगिता नेपालमा पूर्वअञ्चल विश्व विद्यालयलले देशभरिका पूर्वअञ्चल विश्व विद्यालयमा भर्ना भएका सबै विद्यार्थीलाई लच्छित गरी प्रतिस्पर्धा आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीका नविनतम बिचारहरु जसले लाखौँ मानिसलाई प्रत्यक्ष प्रभाव पार्नसक्छ त्यस्ता विचारलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाई उनीहरूका उत्कृष्ट विचारलाई सामाजिक उद्यशीलताको वातावरण सिर्जना गर्नु रहेको हल्ट पूर्वअञ्चल विश्व विद्यालयका डिपुटि डाइरेक्टर दिनेश गिरीले जनकारी दिए ।

सामाजिक उद्यमशीलताको वकालत गर्ने यस प्रतिस्पर्धाले विद्यार्थीहरूलाई सामाजिक रूपमा उद्यशीलताको विकास गरी समाजलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउन सहयोगी हुने गिरीले बताए ।

विलक्लिन्टन फाउन्डेसनद्वारा सन् २००९ देखि सुरु भएको विश्वव्यापी सो प्रतिस्पर्धाका लागि यो वर्ष युवा रोजगारी विषय ‘फर अस बाइ असः द ग्लोबल युथ अनइम्प्लोइमेन्ट’ छनोट गरिएको छ। दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट समूहले १० लाख अमेरिकी डलर पुरस्कार पाउने छन्। हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरिकामा हुने फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनोट हुँदै जानु पर्नेछ।

प्रतियोगिताले विद्यार्थीहरूमा रहेका इनोभेटिव आइडियालाई व्यावसायिक र सामाजिक उद्यमशीलताको रूपमा विस्तार गर्न ठुलो योगदान दिने र विद्यार्थीहरूको उद्यमशीलताको क्षेत्रमा नविनतम सोच विचार र विकास गर्न टेवा पुर्‍याउने आशा पूर्वअञ्चल विश्व विद्यालयको रहेको छ । हल्ट प्रतियोगिता यही डिसेम्बर २९ मा हुनेछ ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics