विद्यार्थीले गरे सुर्खेतमा निःशुल्क स्वास्थ्य शिविर



लोकन्थली भक्तपुर स्थित समृद्धि कलेजमा स्नातक तहमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरूले सुर्खेतमा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्।

समाज अध्ययनको शिलशिलमा सुर्खेत पुगेका विद्यार्थीहरूले फागुन १६ गते जनक मा बि गम्खोला लेकवेसिमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।

समृद्धि कलेजले उत्तरपश्चिम पृतना  हेडक्वाटर सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र लेकवेसि ४ का दक्ष चिकित्सकहरूको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरेका थिए । तीन सय विद्यार्थीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।



विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष हेमराज चपाई, लेकवेसि नगरपालिका मेयर गगन सिंह सुनार, लेकवेसि ४ का वडा प्रमुख खगेन्द्र बहादुर रुचाल, उत्तरपश्चिम पृतना हेडक्वाटरका ६ जना चिकित्सक तथा प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर सुर्खेतका डा टंक न्यौपाने सहित ४ जनाको टोली शिविरमा सहभागी भएका थिए ।

स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ समृद्धि कलेजका विद्यार्थीहरूले दुर्गम ठाउँमा अध्यनरत बाल बालिकाहारुको स्वास्थ्य उन्नतिका लगी र स्वास्थ्य सम्बन्धी जनचेतनाको लागि काठमाडौँ उपत्यकामा रहेका विभिन्न औषधालय सँग औषधी सङ्कलन गरी कार्यक्रम सम्पन्न गरेका समृद्धि कलेजका सामाजिक संकाय प्रमुख रमेश हमाले जानकारी दिए ।उनले भने,‘सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान सिकाउने यो एउटा प्रयास हो।’



 

उक्त विद्यालयमा समृद्धका विद्यार्थीहरूले पुस्तकालय निर्मार्णका लागि पुस्तकहरू हस्तान्तरण ,खेलकुदका लागि खेलकुद सामाग्री,स्वास्थ्य परीक्षण गर्ने सामान अनि महिनावारिमा प्रयोग हुने प्रयोज्य प्याड बनाउने तथा प्रयोग गर्ने विधि बारे तालिम पनि सञ्चालन गरेका थिए।

विद्यालयका प्रधानाध्यापक पारसमनी थापाले विद्यार्थीहरू यसरी समाजमा घुलमिल भएर कार्य गर्दा समाजमा सकारात्मक परिवर्तन ल्याउन मदत हुने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics