अमेरिकामा बाघलाई कोरोना भाइरस पोजेटिभ देखियो



अमेरिकामा चार बर्षेको पोथी बाघलाई कोरोना भाइरस देखिएको छ । ब्रोंक्स चिडियाखानाका बाघलाई परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

नेशनल वेटरनरी सर्बिज लेबोरेटरीले उक्त बाघको टेष्ट मार्फत कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेको छ । भाइरस कसरी वन्यजन्तुमा लाग्ने थाहा नभएको र अरु वन्यजन्तुमा चाडो परिक्षण गरिने छ ब्रोंक्स चिडियाखानाले जानकारी दिएको छ ।

त्यस्तै चिडियाखानामा अरु अन्य दुई बाघ र तीनवटा सिंहलाई सुख्खा खोकी लागेको जनाएको छ । वन्यजन्तुमा कोरोना भाइरस पोजेटिभ देखिएको यो पहिलो घटना हो ।

चिडियाखानामा उनीहरुलाई हेरचाह गर्ने व्यक्ति बाट कोरोना भाइरस सरेको हुनुपर्ने विश्वास गरिएको छ ।

संरक्षण विज्ञहरूले कोरोना भाइरस वन्यजन्तुहरुका लागि पनि खतरा रहेको चेतावनी दिएका छन् ।

बीबीसीबाट अनुवाद

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics