नेपालभर हावाको ’ग्रीन सिग्नल’

नेपालभरको हावाको  ग्रीन सिग्नल देखाएको छ जसले हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ ।

नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल देखाएको हो ।

नेपालमा सन् २०१६ पछि हावाको प्रदूषण नाप्न थालिएको र त्यसयता पहिलो पटक नेपालभर नै ग्रीन सिग्नल देखिएको छ ।

हावामा प्रदूषण बढ्नुमा सबैभन्दा बढी भूमिका गाडीहरुको धुवाँको हुन्छ, त्यस्तै इँटाभट्टालगायतका उद्योगहरुको कारण पनि प्रदूषण हुन्छ । अहिले यी सबै कम चलेका कारण प्रदूषण कम भएको छ ।

नियमित पानी पर्नुले पनि हावाको प्रदूषण घटेको र सबैभन्दा बढी प्रभाव पार्ने उद्योग र गाडी कम चलेकोले पनि प्रदूषण कम भएको हो ।

सीमावर्ती क्षेत्रहरुमा भारतीय वायुको कारण पनि प्रदूषण धेरै हुने गरेकोमा अहिले भारतमा समेत लकडाउन रहेकोले वायु प्रदूषण निकै कम भएका वातावारण विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics