बेसारले मान्छेमा लाग्ने ६ सय रोग निको पार्छ



प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरससंग लड्न बेसार सहयोगी हुने बताएसंगै बेसारबारे अनेकन बहस र चर्चा हुन थालेका छन् ।
बेसारका कयौं गुण र फाइदाहरु रहेको विभिन्न अध्ययन अनुसधन्धानहरुले पुष्टी गरिसकेका छन् । विभिन्न पत्रपत्रिका, जर्नल तथा आधिकारिक प्रकाशनहरुबाट संकलन गरिएको बेसारका फाइदाबारे जानौं ।

स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार । यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ ।

अध्ययन अनुसार, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोग निको पार्न सहयोग गरेको हुन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिन्छ

विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन्। एक अध्ययनले प्रमाणित गरेअनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ। मध्यपूर्व र दक्षिणपूर्वी एसियामा हजारौं वर्षदेखि प्रयोगमा आएको बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ।


  • बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ

  • बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गरिन्छ ।

  • दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ ।

  • महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ

  • दूध र बेसार मिसाएर दैनिक पिउनाले शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम पुग्छ। यसले गर्दा हाडहरु बलियो र स्वस्थ्य हुन्छ साथै यसले शरीरमा रक्तसञ्चार बढाउने हुनाले कानको दुखाइ जस्ता समस्याहरुबाट छुटकारा दिलाउँछ।

  • त्यस्तै यसले रगत सफा पनि गर्छ।

  • दैनिक दूध र वेसार मिसाएर पिउनाले अनुहारमा चमक आउँछ।

  • छाला सम्बन्धी अन्य समस्याहरु हटाउन पनि यसले मद्दत गर्छ।

  • दैनिक सेवनले शरीर सुडौल बनाउन पनि मद्दत गर्छ।

  • मन तातो दूधमा वेसार मिसाएर खानाले शरीरमा जमेको बोसो घट्दै जान्छ।

  • कलेजो सम्बन्धी रोगहरुको सम्भावना कम गर्छ।

  • यो एक राम्रो एन्टीसेप्टिक हुनाले अल्सरलाई पनि कम गर्छ ।

  • यसले पाचन प्रणालीमा सुधार ल्याउँछ र अपच, पखाला जस्ता समस्या हुन दिदैँन

  • महिलाहरु महिनावारी भएको बेला दूध र वेसार मिसाएर पिउनाले दुखाई कम हुन्छ।

  • बेसरलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ।

  • लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्याउँछ।

  • बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

  • बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

  • विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ।

  • शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

  • पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ।

  • हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

  • मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ।

  • रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्याउँछ।

  • बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ।

  • बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

  • कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

  • दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

  • बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

  • यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

  • बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ।

  • कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्याउँछ।

  • धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्याउँछ।

  • १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २र३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

  • ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

  • डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

  • दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

  • छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

  • नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

  • बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।

  • सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics