संसारकै महंगो ककुर, कति होला मूल्य ?

तस्वीर : १०१डगब्रिड्स


तपाई भन्न सक्नुहुन्छ, संसारमा कुकुरको मूल्य कतिसम्म होला ? आज हामी तपाईलाई यस्तो कुकुरको जानकारी दिँदै छौँ जसको मुल्य २५ देखि ५० करोड रहेको छ ।

सामान्यतया हामीले लाख सम्म कुकुरको मूल्य सुन्दै आइरहेका थियौँ । भारतको जयपुर सहरको दशहरा मैदानमा शनिवार केनल क्लब राजस्थानले कुकुर प्रदर्शनी आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा तिबेतियन मस्टीफ नश्लको एउटा कुकुर पनि थियो । जसको मूल्य २५ देखि ५० करोड रहेको छ ।

अधिकतम ३२ इन्च लम्बाइको हुने यो कुकुरको वजन ७० देखि ८० किलोसम्म रहेको छ । कुकुरको मूल्य जति महंगो छ त्यसको पालन पोषण अझ बढी महंगो रहेको छ । यो कुकुरलाई चौबिसै घण्टा एसीमा राख्नुपर्दछ भने दुई हप्तामा एक पटक स्पा गराउनु पर्दछ ।
कुकुरका लागि खानेकुरा जर्मनीबाट मगाइन्छ भने इरानबाट बदाम मगाएर खुवाइन्छ ।

एजेन्सिको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics