रिङरोडभित्र मोटरसाइकल चलाउन रोक लगाइने



सरकारले उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। यो खबर हामीले शुक्रबारको कारोबार दैनिकबाट लिएका हौँ । मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाई छ।

सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल सुरू गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए।

मोटरसाइकल हटाउने विषयमा आम मानिसमा आवातजावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने बताउँदै महापनर्देशक भट्टराइले मोटरासाइकल हटाउने विषयमा छलफलसँगै सार्वजनिक सवारीलाई सहज र सरल बनाउन पनि पहल गर्ने जानकारी दिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics