तस्वीरमाथिकाे अधिकार बाँदरलाई कि क्यामेरालाई ?



तपाइलाई के लाग्छ, एउटा कुनै वन्यजन्तुले आफ्नो तस्वीर खिचेको छ भने त्यसलाई प्रतिलिपी अधिकार दिन मिल्छ कि मिल्दैन ?

अमेरिकामा यस्तै घटनाको विवाद उच्च अदालतसम्म पुगेको छ । एउटा इण्डोनेसियाली बाँदरले खिचेको सेल्फीसम्बन्धी विवाद अमेरिकाको अदालत सम्म पुगेको हो । अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यो विषयमा सुनुवाई गर्दैछ ।

संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै मुद्दाको वादी पक्षको रुपमा रहेको जनावर अधिकारकर्मी संस्था पेटाले पुनरावेदन अदालतमा अपिल गरेको थियो ।उक्त सेल्फीको प्रतिलिपि अधिकार सम्बन्धित बाँदरकै हुनुपर्ने दाबी पेटाले गरेको छ ।

इण्डोनेसियाको सुलावेसीस्थित जंगलमा सन् २०११ मा एक बाँदरले खिचेको सेल्फीको प्रतिलिपि अधिकारका विवाद निकै चर्चित बन्दै आएको छ ।

बेलायती फोटोग्राफर डेभिड स्लेटरले जंगल घुम्ने क्रममा भुइँमा राखेको क्यामरा बाँदरले भेट्टाएपछि त्यसलाई चलाउँदै गर्दा आफ्नै सेल्फी खिच्न पुगेको थियो । बाँदरले खिचेका अनेक फोटाहरुमध्ये उसको दाँत देखाएर मुस्कुराइरहेको सेल्फी निकै सुन्दर छ । फोटोग्राफर डेभिडले आफूले खिचेका प्राकृतिक तस्वीरहरुको संग्रह वाइल्डलाइफ पर्सनालिटी नामक पुस्तकमा उक्त बाँदरको सेल्फीलाई समेत समावेश गरेका छन् ।

उनले आफ्नो क्यामराले खिचेको उक्त तस्वीरमा आफ्नो प्रतिलिपि अधिकार समेत सुरक्षित गरिसकेका छन् । तर यस विषयमा विरोध जनाउँदै पेटाले उक्त फोटोको प्रतिलिपि अधिकार फोटो खिच्ने बाँदरकै हुनुपर्ने माग गरी सन् २०१५ मा मुद्दा हालेको थियो ।

एजेन्सिकाे सहयाेगमा


 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics