पारिवारिक निजी वन विकासमा मन्त्रीको चासो



वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले पारिवारिक निजी वन गरिबहरूको आर्थिक समृद्धिकालागि भएको बताएका छने । उनले पारिवारिक निजी वन भन्ने बित्तिकै हरेक जीवनसँग जोडिन्छ । उनले भने, यो वन गरिब, विपन्न वर्ग र महिलाहरू यसमा निर्भर छन् ।

बुधबार पारिवारिक निजी वन संघका पदाधिकारीसँगको भेटमा पारिवारिक निजी वनले जीविकोपार्जनमा सहयोग गर्ने भएकोले अप्ठयार कानुनुहरु खुकुलो बनाउँदै लैजाने आफ्नो योजना सुनाए । उनले हरेक नागरिकसँग जोडिएको यो वनबाटै सम्बृद्धि प्राप्त गर्ने अभियानमा आफ्नो ऐकबद्धता र प्रयत्न रहने  दोहोर्‍याए ।

पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वनको विकामा रहेका नीतिगत तथा कानुनी चुनौती अन्त्य गर्न मन्त्रीसँग आग्रह गरे । संघका महासचिव पिताम्बर सिग्देलले पारिवारिक निजी वनबाट देशमा आपूर्ति हुने ठूलो मात्राको काठ उपलब्ध गराए पनि राज्यको पूर्वाहग्रही व्यवहारका कारण उद्यम तथा आर्थिक उपार्जनमा किसानहरूको रुची घटेको तथ्य प्रस्तुत गरे । उनले सरकारले पारिवारिक निजी वनको विकास र औद्योगीकरणका लागि सहयोग गरे गाउँ गाउँबाट आर्थिक क्रान्तिको अभियान सुरु हुने उल्लेख गरे ।

पारिवारिक निजीवन संघ नेपालले वन उद्यम स्थापनामा बाधकका रूपमा रहेको दूरीसम्बन्धी कानुनी प्रावधान तत्काल पुनर्विचार गरी उद्यम स्थापनाको लागि सरल र सहज वातावरण बनाई किसानहरूलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रकारका नीतिगत व्यवस्था गरी कार्यान्वयन गनुपर्ने लगायतका मागहरू मन्त्रीसँग राखेको थियो ।

हाल पारिवारिक निजी वनमा रहेका काठजन्य पदार्थको बिक्री वितरण र बजारीकरणमा ठूलो समस्या रहेको छ । झंझटिलो सरकारी प्रक्रिया र अप्ठ्यारो नीतिका कारण किसानहरूले यसको व्यावसायिक उपयोग गर्न सकिरहेका छैनन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics