पश्चिमी भेगमा आंशिक बदली



बिहिबार देशको पश्चिमी भेगमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा बिहिबार दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली हुने सम्भावना रहेको उल्लेख गरिएको हो ।

त्यस्तै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अपरान्ह पछि भने पूर्वी र मध्य पहाडी भेगहरूमा आंशिक बदलीको सम्भावना रहेको छ ।

बिहिबार दिउँसो पश्चिमी भेगमा मात्र बदली रहेपनि साँझ देशका पूर्वी तथा पश्चिमी पहाडी भेगका केही स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics