मनसुनबाट १७ लाख मानिस प्रभावित हुने

फाइल फोटो


नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने अनुमान छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले
बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको जनाएको हो ।

यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्राधिकरणले लगभग १७ लाख मानिस यो वर्षको मनसुनको प्रभावमा पर्न सक्ने अनुमान गरेको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए ।

मनसुनका बेला बाढी र पहिरोजस्ता विपद्बाहेक सर्पदंशका घटना समेत बढ्ने अधिकारीहरू बताउँछन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि जुन १३ तारिख ९जेठ ३० गते० को छेकोमा मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले यसपटक औषतभन्दा धेरै वर्षा हुने संभावनासमेत औंल्याएका छन् । मनसुनको वर्षा सामान्य वा सामान्यभन्दा बढी रहे बाढीपहिरोको जोखिम रहन्छ।मनसुनका बेला अधिकतम तापक्रम औसतभन्दा कम हुने देखिएको र न्यूनतम तापक्रम औसत र औसतभन्दा केही बढी हुने महाशाखाले जनाएको छ ।

पश्चिममा सामान्यभन्दा केही बढी वर्षा हुने, मध्य भागमा सामान्य र सामान्यभन्दा केही बढी अनि पूर्वमा सामान्य रहने महाशाखाको अनुमान छ । यस वर्षको मनसुन केही दिन अघि नै सुरु भइरहेको छ । तर देशैभरी मनसुन सक्रिय हुन भने अझै केही समय लाग्ने अनुमान मौसमविद्हरुको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics