सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्चमा रिट
- नेचर खबर
![](https://naturekhabar.com/wp-content/uploads/2023/04/supreme-court-of-nepal1542214610.jpg)
काठमाडौं - सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतका रिट दायर भएको छ ।
सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहोर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग गरिएको छ ।
मेयर बालेन शाहको निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठ्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस