सन् २०५० भित्र जलवायु लक्ष्य पूरा गर्न श्रीलङ्काका राष्ट्रपतिको निर्देशन
- नेचर खबर
कोलम्बो - श्रीलङ्काले जलवायु लक्ष्यलाई आगामी ३० बर्षमा पूरा गर्नेगरी समयसीमा तोकेको छ ।
जलवायु लक्ष्य वा जलवायु प्रतिज्ञा भनेको जलवायु परिवर्तनलाई सीमित गर्ने उद्देश्यका साथ जलवायु नीति र ऊर्जा नीतिका लागि मापनयोग्य दीर्घकालीन प्रतिबद्धता हो । श्रीलङ्काले यसअघि जलबायु लक्ष्यका पूरा गर्न सन् २०६० सम्म लाग्ने बताउँदै आएको भए पनि यसलाई संशोधन गर्दै सन् २०५० सम्मका लागि जलवायु लक्ष्यका लागि समयसीमा तोकेको हो ।
राष्ट्रपतिको मिडिया महाशाखा (पीएमडी) ले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०५० भन्दा अघि जलवायु लक्ष्य हासिल गर्न सम्भव छ भन्ने बताए ।
उनले श्रीलङ्काका प्राविधिकहरूलाई जलवायु परिवर्तनको मापदण्डलाई विचार गरी आफ्नो काममा लाग्न आग्रह गरे ।
भने, “आगामी दिनमा श्रीलङ्काका प्राविधिकहरूले यस प्रयासमा महत्वपूर्ण भूमिका खेल्नेछन् । उनीहरूले निर्मित वातावरण दिगो र पर्यावरणीय रूपमा जिम्मेवार अभ्यासहरूसँग मेल खानेगरी जलवायु परिवर्तनको मापदण्डलाई आफ्नो डिजाइनमा एकीकृत गर्न आवश्यक छ।”
प्रतिक्रिया दिनुहोस