विजुलीले लाश जलाउँदा ९० प्रतिशत कम प्रदुषण


                पशुपतीमा प्रदुषण घट्यो


पशुपतीनाथमा क्षेत्रमा रहेको विद्युतीय शवदाह गृह (विजुलीले लाश जलाउँदा) ९० प्रतिशत कम प्रदुषण मा शव जलाउने क्रम बढ्न थालेपछि त्यहाँको वायु प्रदूषणमा समेत कमी आएको छ ।

हिन्दु परम्परा अनुसार नै अन्तिम संस्कार कम समय र कम लागतमा गर्न सकिनेभएपछि मृतकका आफन्तको रुची पनि विद्यतुीय शवदाह गृहतर्फ बढेको देखिन्छ । दाउराको तुलनामा ९० प्रतिशतभन्दा कम मात्रै धुवां निस्किने भएकोले यो वातावरणमैत्री पनि छ । वातावरणविद् भूषण तुलाधरका अनुसार, विद्यतुीय शवदाह गृहमा शव जलाउंदा दाउराबाट निस्किने भन्दा ९० प्रतिशत कम धुवाँ निस्कन्छ । “दाउराभन्दा कम धुवाँ निस्किने भएकोले पनि यो वातावरणमैत्री छ, यस्ता प्रविधी संधै प्रोत्साहन गर्नुपर्छ” वैकल्पिक उर्जाको प्रवद्र्धनको मुद्दा उठिरहेकाबेला वातावरणमैत्री यस्ता प्रविधीको विस्तारको विकल्प नभएको उनको भनाई छ ।

२०७२ साल माघमा उद्घाटन भएको शवदाह गृहमा फागुन अन्त्यसम्ममा ४४६८ शव जलिसकेका छन् । यसका आधारमा पनि दैनिक १० भन्दा बढी शव विद्युतीय शवगृहमा जलाइन्छन् । सामान्यतया एउटा शव जलाउन तीनसय किलोग्राम दाउरा खतप हुन्छ । विद्यतुीय शवदाह गृह सञ्चालन भएपछि आसपासको क्षेत्रमा कम प्रदुषणको अनुभूती स्थानीय बासिन्दाले गरेका छन् । “धुवाँ कम भएको छ । यसले आसपासमा बस्नेलाई केही सहज भएको छ,” स्थानीय बासिन्दा सागर श्रेष्ठले भने । पशुपती विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले विद्युतीय शवगृहको सञ्चालनले पशुपती क्षेत्रमा प्रदुषण कम भएको बताए ।

एउटा शव जल्न करिव ४५ मिनेट समय लाग्छ । कोषले एउटा शव जलाउन चार हजार रुपैयां लिने गरेको छ । विद्यतुीय शव दाह गृहमा अन्तिम संस्कारका लागि आउनेको संख्या बढेपछि अर्को गृहसमेत थप गर्ने तयारी गरिरहेको जानकारी कोषले दिएको छ ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics