गुड्दागुड्दै बानेश्वरको सडकमै भासियो बस

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरमा गुड्दैगरेको बसको टायर सडकमा भासिएको छ । बानेश्वर चोक नजिकै रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरू बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics