ग्याँस स्टेशनमा जागिर खाने एउटा कुकुर

फोटाे : ग्रुपाे फेरा


निगाओ नामक कुुकुरको जीवनमा एकाएक ठूलो परिवर्तन आयो । पहिला उसको जीवन यस्तो थिएन । ब्राजिलको सेल ग्यास स्टेसनको मालिक्नी सब्रिना प्लानेनरले एक दिन ग्याँस स्टेशन वरिपरि घुमिरहेको एउटा कुकुर भेटिन् । कुुकुरलाई त्यहाँ कसैले छोडेको थियो । त्यही वरिपरि डराउँदै कुकुर घुमिरहेको थियो । प्लानेनरले त्यो ककुरलाई छोड्न सकिनन्, प्लानेनर र उनकाे पार्टनर मिलेर कुकुरलाइ लिएर गए।

प्लानेनरका अनुसार उक्त कुकुरलाई लाई लगेर एउटा जनावरलाई गर्नुपर्ने सबै प्रकारका हेरबिचार गरिन् । “खोप लगाउनको लागि डाक्टरकोमा लग्ने, खानेकुरा, घर, हिडाउनका लागी सिक्री आदी सबै व्यवस्था मिलायौँ” उनीहरुले त्यो कुकुरलाई घरमा लगेर मात्रै राखेनन्, अहिले त्यो कुकुरलाई काम नै दिएका छन् । उनीहरुले ग्यास स्टेशन किनेको दुई वर्ष भयो यसमा निगाओ कुकुरले मानिसलाइ पुच्छर हल्लाएर स्वागत गर्ने गर्छ । ग्यास स्टेशनमा आउने मान्छेलाई निगाओ पर्खन्छ ।

त्यसपछि स्वागत गर्दै ग्राहकलाई आकर्षित गर्छ । त्यहाँ आउने ग्राहकले ककुरलाई मनपराएर खेल्नको लागि खेलउना पनि ल्याइदिने गरेका छन् । अहिले उ एउटा जेहन्दार कर्मचारीको रुपमा काम गरिरहेको छ । उसलाई पूर्णकालिन कर्मचारीका रुपमा ग्यास स्टेशनमा काम दिइएको छ । उसले अहिले अरु कर्मचारीजस्तै पैसा पनि कमाउंछ । उ धेरै जसो टोपी लगाएर काममा उपस्थित हुन्छ भने अन्य कर्मचारीजस्तै परिचय पत्रसमेत उसले झुण्ड्याइरहेको हुन्छ । अहिले त्यो कुकुर ब्राजिलीयन संस्था ग्रुप फेरा नामक च्यारीटी संस्थाको देखाउन सम्पती पनि हो ।

घर र जागिर दुबै हासिल गरको देख्दा च्यारिटिको प्रवक्ता प्रफुल्लित छन् । च्यारिटिको प्रवक्ताका अनुसार यसले गर्दा जनावरको लागि थप आदर गर्न प्रोत्साहन मिलेको छ । ग्यास स्टेशनमा काम गर्न अरु कर्मचारीले पनि ४ खुट्टे कर्मचारीसंग काम गर्न रमाइलो मानेका छन् ।

एओएलबाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics