कफी क्रेज

किर्तिपुरकी पद्मा सापकोटालाइ कफी नखाए सम्म केहि काम गर्न जागर नै लाग्दैन । उनी कफिको लागि भनेर हिमालयन जाबा सम्म पुग्ने गरेकी छिन् । साथीसँग कफीको गफमा हराउँदा उनि निकै आनन्द महशुस गर्छिन् ।

साथीहरुसँग कम्तीमा हप्ता दिनमा एकपटक जसरी पनि उनी टाइम दिएर कफि ह्याङ आउट गर्न निस्कने गरेको बताउछिन् । परिक्षाको समयमा त उनी कफी भएन भने पढ्न नै सक्दिनन् ।

बौद्धका यादव तामाङ दिनमा ३ पटक सम्म कफी खाने गरेको बताउँछन् । ‘मलाई घरमा होस वा अफिसमा अल्छी लाग्यो भने म कफी खाएर नै जागर चलाउछु ।’ तामाङ भन्छन् ‘भविष्यमा आफैँ कफी व्यवसाय गर्ने योजाना पनि बनाइरहेको छु ।’

कफी जाडो होस् या गर्मि दुबै समयमा उत्तिकै लोकप्रिय छ । कफी सेवन गर्ने मानिसहरु प्रसस्त भेटिन्छन् । गर्मीमा कोल्ड कफी र जाडामा हट कफी । कफी पारखीको बृद्धीसँगै ‘कफि हाउस’को पनि उत्तिकै विकास भइरहेको छ ।

युवापुस्ता माँझ निकै चर्चित बनेको छ, ‘कफी डेट’ र ‘कफी गफ’ जस्ता शब्द पनि । कफीमै आधारित भएर विभिन्न टेलिभिजन च्यानलले “कफि टल्क शो” कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

पछिल्लो समय निकै लोकप्रिय बनेको समाजिक सञ्जालमा पनि ‘कफि टाइम’ भन्दै विभिन्न स्टाटस र फोटो राख्ने ट्रेन्डको सुरुवात भइसकेको छ ।

कफि धैरैको रोजाइमा पर्छ । युवापुस्ता, बालबच्चा होस् या बुढाबुढी कफी सबैलाई मन पर्छ । कफी खान कुनै समय नै पर्खि रहनु पर्दैन बिहान होस् वा बेलुका, पानि परेको होस् वा घाम लागेको ।

नेपालमा राजधानि लगायत विभिन्न शहरी क्षेत्रमा कफि ‘ह्याङ आउट’ गर्ने ट्रेन्डको विस्तार भइरहेको छ । लामो समयपछि भेटिएको साथी सुरुमा कफि अफर गर्छ । अनि कफि हाउसमा बसेपछि मात्र सुरु हुन्छ उसका औपचारीक कुरा ।

रमाइलो गफसँगै कफिको चुस्कीले झन् रौनकता थपिदिन्छ । युवा प्रेम जोडीहरु मन साट्छन् कफिसँगै... अनि माया बाँड्छन् कफिसँगै... ।।

कफि यस्तो चिज हो जसले एकैछिनमा थकान मेटाउन र फ्रेस बनाउन मद्दत गर्छ । नेपाली कफि नेपालमा मात्र नभएर बाहिर पनि उत्तिकै लोकप्रिय छ । अहिले नेपाली ग्रामिण क्षेत्रमा कफी खेति प्रति नेपाली कृषकहरु आकर्षित देखिन्छन् । पछिल्लो समय अमेरिका, जापान, कोरिया लगायत अन्य देशमा नेपाली कफीको माग बढिरहेको छ ।

नेपालमा कफीको इतिहास ४७ वर्ष पुरानो छ । नेपालमा सर्वप्रथम कफी भित्र्याउने श्रेय हिरा गिरीलाई जान्छ । बर्मामा जगिरे रहेका उनले सन् १९९५ मा बर्माबाट अरेबिया जातको कफीको बोट गुल्मीमा भित्र्याएका थिए । उनले बर्माबाट ल्याएको बोट गुल्मीमा रोपेका थिए । त्यहीँबाट नेपालमा ४२ जिल्लामा कफीको व्यावसायिक खेति हुँदै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १० करोड मूल्य बराबरको एक सय १२ मेट्रिक टन कफी विभिन्न मुलुकमा निर्यात भएको थियो । त्यस अघि आर्थिक वर्ष २०७१/०७२ मा भने नौ करोड ९३ लाख मूल्य बराबरको सय मेट्रिक टन कफी निर्यात भएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics