धादिङमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग फेरि अवरुद्ध

धादिङ - धादिङको मलेखुनजिकै पहरेघाटमा सुक्खा पहिरो जाँदा पृथ्वी राजमार्ग पुन: अवरुद्ध बनेको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि ४ दिनदेखि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने क्रममा रोकिएर रहेका सवारीसाधन पुन रोकिएका छन् ।

८ बजे गएको पहिरो पन्छाउन निर्माणाधीन सडक आयोजनाको मेसिन मगाइएको स्थानीय नीरञ्जन कँणेलले बताए ।

पहिरो ठूलो र निरन्तर झरिरहेकाले पन्छाएर सवारीसाधन सञ्चालन हुन केही समय लाग्ने जनाइएको छ । दिनभर काठमाडौं प्रवेश गर्ने क्रममा रोकिएर बसेका सवारीलाई प्रार्थमिकतामा राखेर सञ्चालन गरीएको भएपनि साँझबाट उपत्यकाबाट बाहिरीने सवारीलाई यो सडक खण्ड प्रयोग गर्न दिइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics