धेरैजसो जिल्लामा आकस्मिक बाढीको जोखिम न्यून

काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायुको कमजोर प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ ।

बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज धेरैजसो जिल्लामा आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्लामा रहेका स-साना नदीहरूमा पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics