औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ घट्यो



नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ घटाएको छ। यसअघि दैनिक ४ घन्टासम्म हुँदै आएको लोडसेडिङ अब तीन घन्टामा सीमित पारिएको प्राधिकरणले जानकारी दिएको छ।

विद्युतको आपूर्ति र मागअनुसार घरायसीसँगै औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ कम गर्दै जाने नीतिअनुसार प्राधिकरणले उद्योगमा लोडसेडिङ घटाइएको हो। असार ३० गतेदेखि लागू हुनेगरी देशका विभिन्न औद्योगिक क्षेत्रमा हुने लोडसेडिङको सूचना प्राधिकरणले निकालेको छ।

प्राधिकरणका अनुसार ढल्केवरदेखि भरतपुरसम्मका औद्योगिक ग्राहकहको लोडसेडिङ हरेक दिन बेलुका ७ बजेदेखि १० बजेसम्म हुनेछ।

त्यस्तै ढल्केवारबाट पूर्व भरतपुरदेखि पश्चिम क्षेत्रका तथा नेपाल सरकारको औद्योगिक क्षेत्रका ग्राहकको लोडसेडिङ हरेक दिन ६ः३० बजेदेखि ९ः३० बजेसम्म हुनेछ।

यसअघि प्राधिरकणले असारभित्र औद्योगिक क्षेत्रमा नियमित बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो। भनेजति भारतबाट आयात गर्न नसक्दा सो घोषणा भने कार्यान्वयन भएको छैन।

औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेकोमा निजी क्षेत्र उत्साहित भएको छ। औद्योगिक क्षेत्रको सबैभन्दा ठूलो समस्या नै उर्जा अभाव भएको र गएको वर्षदेखि बिजुली आपूर्ति केही नियमित भएकोले राहत भएको उद्योगीहरू को भनाइ छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics