लाइनमा लागेर सार्वजनिक सवारी



उपत्यकामा सडक सभ्यता सिकाउन र ट्राफिक नियम पालना गराउन प्रोत्साहित गर्ने उदेश्यले एक हप्ते ट्राफिक जनचेतना कार्यक्रम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि एक हप्ते अभियान सुरु गरेको हो ।

खासगरी बस स्टपहरुमा लाइनमा लागेर सार्वजनिक सवारी चढ्ने संस्कृती विकास गर्ने अभियानको मुख्य उदेश्य रहेको छ ।

ट्राफिक महाशाखाका डिआईजी सर्वेन्द्र खनाल आफैं पुगेर ट्राफिक जनचेतना कार्यक्रममा सहभागी भएका छन् । उनले भने,‘गाडि चढ्दा लाइन बसेर चढ्ने संस्कृती हामीले विकास गर्न खोजेका हौं।'

प्रहरीको नेतृत्वका आइतबार राजधानीका अधिकांश स्टेशनहरुमा लाइनमा बसाएर सार्वजनिक सवारी चढ्न बानी बसालिएको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई कार्यालय समयमा लाइन बसाल्ने सिष्टम सुरु गर्न महाशाखाले निर्देशन दिएको छ । बिद्यार्थी तथा स्काउटसँग मिलेर महाशाखाले ट्राफिक जनचेतना अभियान अघि बढाएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics