जथाभावी फोहोर फाल्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा पर्नुहोला !



काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई समात्न नेपाल प्रहरीको सहयोग लिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको हो ।
विभागका प्रमुख हरिबहादुर कुँवरले प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको बताए ।

फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रूपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने छन् ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics