कुटिनु छैन सरकारी जागिर खाएर



मलाई कुट्नु नि छैन,
कुटिनु नि छैन।
गालि खानु नि छैन,
अंह, दिनु नि छैन ।

म स्वाभिमान का लागि पढें,
आत्म सम्मान का लागि पढें ।
तिमिले सोच्नै सक्दैनौ, म बाटोमा,
कति चोटी लडें र फेरी उठें।

म दिन प्रतिदिन आत्म बल बटुलें,
के क्यामरा अगाडी रुन लाई?
आफूलाई सब्बल मध्ये को अब्बल बनाएँ
के पुलिसले मलाई थुन्न लाई?

तलब दिन्छौ, भत्ता दिन्छौ,
भन्नलाई स्थायी सत्ता दिन्छौ।
तर त्यो सबै जगजाहेर छ,
कति दिन्छौ, कस्ता दिन्छौ।

म अफिस बाट रुदै घर आउदा,
आफ्नो बा को नाति लाई के भन्नु ?
अमेरिका मा प्राध्यापन गराउन पुगेका,
समकक्षी साथी लाई के भन्नु ?

सरकारी सेवा मा शब्दले भने जस्तै,
सेवा नि छ, सरकार नि छ।
तर त्यहाँ का सेवा सबै,
मानौं केवल त्यो सरकार लाई छ।

मलाई गला मा माला र
गालामा अबीर को शौख नभए पनि,
गाला मा थप्पड र गला अबरुद्ध
पारी अन्तर्वार्ता दिने शौख नि कदापी छैन ।

बरु रुस, अमेरिका, खाडी धाउछु,
निलो कोट छुन्न,अरु जे भएनी लगाउछु ।
बिद्यालय, कलेज, क्याम्पस पढ़ाउछु,
जहाँ बाट उठेँ, म त्यही समाउछु।

तर त्यो जागिर म मरे खान्न,
बरु महिनौं म मिठो मसिनो खान्न ।

त्यो जनता को प्रतिनिधि र जनता लाई अनुरोध,
जाउ मन्त्रालय बनाउ, कार्यालय बनाउ,
कसैलाई प्रमुख, कसैलाई सहायक बनाउ,
तिम्रो जिल्ला, प्रदेश, तिमी आफैं बनाउ,
र सरकारी कर्मचारी लाई पाठ सिकाउ,

तिमीले आँखा चिम्लेर समर्थन गर्ने,
तिम्रा मंत्री महान,
र तिमी त झन महा महान ।

तिमी सबैलाई कोटी कोटी,
मेरो फेरी फेरी सलाम छ ।
सरकारी जागिर बाहेक पनि,
यो जगमा अरु धेरै काम छ ।

रोहित झा

प्रतिक्रिया दिनुहोस

web
analytics