आरआरका विद्यार्थीले मनाए सामाजिक कार्य दिवस

‘मानव सम्बन्धको महत्त्वलाई प्रवर्धन ’ नाराका साथ रत्न राज्यलक्ष्मी क्याम्पस‘आरआर ’मा अध्ययनरत विद्यार्थीले सामाजिक कार्य दिवस मनाएका छन् ।

‘विश्व सामाजिक कार्य दिवस २०१९’ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । आरआर कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा कलेज देखी नक्साल सम्म र्‍याली आयोजना गरिएको थियो ।

त्यस्तै बाल मन्दिरका बालबालिकालाई फलफुल वितरण र आँगनमा सरसफाई कार्यक्रम समेत गरेका थिए ।

रत्न राज्य क्यापसका सामाजिक कार्यको सहयोजक देवि धिमिरेले विद्यार्थीहरूले नेतृत्व गरेको कार्यक्रम देखेर खुसी भएको बताए । बाल मन्दिरमा र सामाजिक कार्य विद्यार्थीको सहकार्य निरन्तर रूपमा सहयोग गर्ने वातावरण सिर्जना गर्ने उनले जानकारी दिए ।

सामाजिक कार्य पेशागत पहिचान सरकारी स्तरबाटै हुनुपर्ने र साथै सामाजिक कार्यको महत्त्व बुझाउनु पर्ने आवश्यक रहेको विद्यार्थीहरूले बताएका छन् ।

विश्वमा १३औं सामाजिक कार्य मनाए पनि नेपालमा भने विगत ५ वर्ष देखी विभिन्न कार्यक्रम गरेर सामाजिक कार्य दिवस मनाउँदै आएको छ । अन्य देशमा लाइसन्स प्राप्त गरेर सामाजिक कार्य गरिन्छ भने नेपालमा लाइसेन्स नहुँदा यो पेसा ओझेलमा परेको छ । समाजिक कार्य दिवसको केहि झलकहरु :




















 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics