काठमाडौंमा धुलो बढार्ने ब्रुमरको रुट यस्तो छ

 

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि नयाँ ब्रुमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गरिएको छ ।
महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ ।

झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।

यी ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुन् । यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ ।

नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।

काठमाडौंमा धुलो बढार्ने ब्रुमरको रुट यस्तो छ :

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics