काठमाडौंमा बिजुली बस

A+ A-

विद्युतबाट चल्ने अर्थात् बिजुली बस सञ्चालन भएको छ । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका बिभिन्न पाँचवटा रुटमा बिजुली बस सञ्चालन गरिएको हो ।

सुन्दर यातायातले संचालन गरेको बिजुली बस पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चावहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्य्विनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस सञ्चालन हुनेछन्। बढ्दो ब्यापार घाटाका कारण सरकारले समेत पछिल्लो समय विद्युतीय सवारी संचालनमा नरम नीति लिएकै कारण यस्ता विद्युतीय सवारीमा आकर्षण बढ्दो छ।

विद्युतीय सवारी साधन संचालन गरी भारत बाट बार्षिक रुपमा आयात हुने करिब १ खर्ब ६० अर्ब रुपैयाँ को इन्धन घटाउन समेत यस्ता सवारी उपयोगी हुने बुझाई समेत सरकारको छ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics