वायु प्रदुषणबाट हरेक वर्ष १७ लाख बालबालिकाको मृत्यु



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसारभर प्रत्येक वर्ष १७ लाख बालवालिकाको मृत्यु हुने नयाँ तथ्य सार्वजनिक गरेको छ । विश्वमा वायु प्रदुषणका कारण हरेक वर्ष १७ लाख वालवालिकाको मुत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदुषण र धुवाँ धुलोको कारण हरेक पाँचजना वालवालिकामध्ये एकको मृत्यु हुने नयाँ प्रतिवेदनमा उल्लेख छ ।

दुषित पानी, सरसफाइको कमी, चुरोट सेवनवाट निस्कने धुवा लगायतका प्रदुषणले वातावरणलाइ जटिल बनाइरहेको छ । एक महिना देखि ५ वर्ष सम्मका वालवालिकालाइ प्रदुषणले सबैभन्दा धेरै प्रभावित गर्ने प्रतिवेदनले जनाएको छ ।

हैजा, मलेरिया, निमोनिया जस्ता रोगका कारण अत्याधिक वालवालिकाको मृत्यु हुने गर्छ । वातावरणलाइ सफा राख्न सके यस्ता रोगहरुवाट हुने वालवालिककाको मृत्युदरलाइ घटाउन सकिन्छ । प्रदुषित वातावरण वालवालिकाहरुका लागी सबैभन्दा बढी घातक हुन्छ। वातावरण मात्र सफा राख्न सकियो भने वालवालिकाको मृत्यु दरलाइ घटाउन सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा मार्गरेट चानले बताएका छन्।

डब्लुएचओले तोकेको न्यूनतम गुणस्तरभन्दा निकै खराबस्तरको वायुमण्डलीय क्षितिजभित्र बसोबास गर्ने बालबालिकाको सङ्ख्या दक्षिण एसियाली क्षेत्रमा सबभन्दा ठूलो रहेको छ ।

विश्वका सातजना बालबालिकामध्ये औसत करिब एकजनाले सास फेरेको हावा अन्तरराष्ट्रिय मापदण्डले तोकेको गुणस्तरभन्दा छ गुणा बढी प्रदूषित हुने गरेको छ । यसले गर्दा प्रदूषित वायुमण्डल बाट नै विश्वमा वाल मृत्युदर बढीरहेको छ ।

विश्वका करिब तीस करोड बालबालिका बिषाक्त वायुमण्डलमा सास फेर्न बाध्य रहेको प्रतिवेदन संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ)ले सार्वजनिक गरेको थियो ।

श्वास प्रश्वासमा डब्लुएचओले तोकेको न्यूनतम गुणस्तरभन्दा निकै खराबस्तरको वायुमण्डलीय क्षितिजभित्र बसोबास गर्ने बालबालिकाको सङ्ख्या दक्षिण एसियाली क्षेत्रमा सबभन्दा ठूलो रहेको उक्त अध्ययन प्रतिवेदनले जनाएको छ । विश्वका सम्पूर्ण बालबालिका सङ्ख्यामध्ये दक्षिण एसियाली क्षेत्रको सङ्ख्या ६२ करोड, अफ्रिकाली क्षेत्रको सङ्ख्या ५२ करोड र पूर्वी एसिया तथा प्रशान्त महा–सागरीय क्षेत्रको सङ्ख्या ४५ करोड रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics