सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट



काठमाडौँ - सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा आज बुधबार आईपीओ बाँडफाँट भएको हो ।

यो कम्पनीको आईपीओ ४ लाख २४ हजार ८९३ जनाले ४२ लाख ४८ हजार ९३८ कित्ता प्राप्त गरेका हुन् । जसमध्ये आठ जनाले थप एक–एक कित्ता आईपीओ प्राप्त गरेका छन् ।

आईपीओको रिजल्ट सिडिएस एण्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र मेगा क्यापिटल मार्केटस् लिमिटेडबाट हेर्न सकिनेछ ।

कम्पनीले चैत २६ गतेदेखि ३० गतेसम्म ४२ लाख ४८ हजार ९३८ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics