प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीद्वारा बूढीगण्डकी आयोजनास्थलको निरीक्षण

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणकार्य अगाडि बढाउन पहल सुरु गरेको छ । प्राधिकरणका अधिकारीले शनिबार प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले बाँध र विद्युत्गृह निर्माणस्थल तथा डुबान क्षेत्रको स्थलगत निरीक्षण भ्रमण गरेको हो । टोलीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिको सिमानामा पर्ने प्रस्ताव गरिएको बाँध निर्माणस्थल, सिद्धलेक गाउँपालिकाको सलाङमा विद्युत्गृह निर्माणस्थल, जलाशयबाट डुबानमा पर्ने आरुघाट क्षेत्र, आर्खेतलगायत ठाउँहरूको निरीक्षण गरेको प्राधिकरणले जनाएको छ ।

टोलीले आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण, मुआब्जा र क्षतिपूर्ति वितरणको हालसम्मको प्रगतिलगायत विषयमा समेत जानकारी लिएको थियो ।

आयोजनाबाट वार्षिक रूपमा तीन अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics