प्रकृतिसँग जोडिएका १८ रोचक तथ्य

काठमाडौं – के तपाईंलाई थाहा छ ? बिरालोले आफ्नो जीवनको ६६ प्रतिशत समय सुतेरै बिताउँछ नि । अनि बिरालोले आफ्नो पुच्छरको लम्बाई भन्दा ७ गुणा उचाइ सम्म उफ्रिन सक्छ । हो हाम्रो प्रकृति यस्ता रोचक कुराहरूले भरिएको ।

यस्तै–यस्तै अनौठा अनि रोचक कुराहरू तपाईँ हाम्रै सामुन्ने भैरहेका हुन्छन् । तर हामीले त्यसलाई मतलब गर्दैनौं । हामी सबै आ–आफ्नै जीवनमा व्यस्त छौं । आज हामी तपाईलाई प्रकृतिका यस्तै रोचक कुराहरू बाँड्दैछौं ।

१, भालुको ४२ वटा दाँत हुन्छ ।

२, ८५ प्रतिशत बोटबिरुवाहरू समन्द्रमा पाइन्छन् ।

३, हरीणको कपाल खोक्रो हुन्छ ।

४, सुँगुरको शारीरिक बनावट नै यस्तो छ, जसको कारण यसले आकाशतर्फ हेर्न सक्दैन ।

५, लाटोकोसेरोले आँखालाई दायाँबायाँ गर्न सक्दैन ।

६, अस्ट्रिचको दिमागभन्दा आँखा ठूलो हुन्छ ।

७, स्ट्रबेरीमा भन्दा कागतीमा चिनीको मात्रा बढी हुन्छ ।

८, हमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छ ।

९, एउटा कुखुराले प्रतिवर्ष सामान्यतयाः २२८ वटा अण्डा पार्छ ।

१०, जिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन् ।

११, ऊँट भन्दा जिराफ र मुसा पानीबिना लामो समयसम्म बाँच्न सक्छन् ।

१२, भ्याकुताले आँखा खुल्ला राखेर खानेकुरा खान सक्दैन ।

१३, हात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैन ।

१४, पृथ्वीमा प्रतिमिनेट ६,००० चोटी चट्याङ खस्छ ।

१५, गाइभैँसीको माथिल्लो दाँत हुँदैन ।

१६, बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ ।

१७, ऊँटको दूध फाट्दैन ।

१८, चराचुरुङ्गीले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics