पृथ्वीसँग जोडिएका १५ रोचक तथ्‍य, पृथ्वी गोलाकार कि अण्डाकार ?

काठमाडौं - मानव, वनस्पति र जीवजन्तु सबैको बासस्थान पृथ्वी नै हो। पृथ्वी सौर्यमण्डलमा रहेको एउटा ग्रह हो। ब्रमाण्डमा रहेका सबै ग्रहमध्‍ये पृथ्वी यस्तो ग्रह हो जहाँ जीवन सम्भव भएको छ। तर पनि पछिल्लो समय वैज्ञानिकहरुले पृथ्वीबाहेकका ग्रहमा जीवन सम्भव छ की छैन भनेर खोजी कार्य भने जारी राखेका छन्।

वैज्ञानिकहरुले मंगल र वृहस्पतिमा जीवन सम्भाव्यताको खोज गरिरहेका भए पनि पृथ्वी जस्तै स्पष्ट रुपमा जीवन जिउने प्रमाण जुटाउन सकेका छैनन्। यही पृथ्वीबारे वैज्ञानिकहरुले पत्ता लगाएका १५ रोचक तथ्‍य यस्ता छन्।

१. पृथ्वी सूर्यको वरिपरी घुम्‍ने गर्दछ। सूर्यलाई एक पटकमा चारैतिर परिक्रमा गर्न पृथ्वीले २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड समय लगाउँछ।

२. पृथ्वीको ७० प्रतिशत हिस्सा पानीले ढाकिएको छ। यही कारण पृथ्वी अन्तरीक्षबाट हेर्दा निलो रंगको देखिन्छ। निलो रंगका कारण पृथ्वीलाई ब्लू प्लानेट समेत भन्‍ने गरिन्छ।

३. पृथ्वी मुख्‍यतया: तीन पत्रले मिलेर बनेको छ। पृथ्वीको तलको पत्र फलाम र धातुले बनेको छ।

४. रेडियोधर्मी डेटिङ तथा धेरै खोज र अनुसन्धानहरुले पृथ्वीको आयु लगभग ४.54 विलियन वर्ष रहेको देखाएको छ।

५. पृथ्वीको चारैतिर ओजोन तहले ढाकिएको हुन्छ। जसका कारण सूर्यबाट आउने हानिकारक किरण अल्ट्रा भायोलेट धर्तीसम्‍म पुग्‍न सक्‍दैन।

६. पृथ्वीलाई अहिले पनि मानिसहरु गोलाकार भनेर भन्‍ने गरेका छन् तर वास्तवमा पृथ्वी अण्डा आकारमा रहेको छ।

७. सूर्यदेखि पृथ्वीको दूरी यति टाढा छ की सूर्यबाट निक्लिउको किरण पृथ्वीमा आउन कम्तिमा ८ मिनेट २० सेकेण्ड लाग्छ।

८. पृथ्वीको एक तिहाइ भाग पानीले भरिए पनि पनि त्‍यसमध्‍ये पिउन लायक पानी भने ३ प्रतिशत मात्रै छ।

९. पृथ्वीमा रहेको गुरुत्वाकर्षण बलका कारण कुनै पनि पहाडको उचाई १५ किलोमिटर भन्‍दा माथि हुन सक्‍दैन।

१०. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा हो । यदि चन्द्रमा नरहेको भए पृथ्वीमा एकदिन लगभग ३० घण्टा हुने थियो।

११. पृथ्वीको वायुमण्डलमा कुनै पनि आकाशीय पीण्ड प्रवेश गरेमा यति धेरै घर्षण हुन्छ की उक्त पीण्ड विस्तारै विस्तारे जल्न थाल्छ। गाउँघरमा त्‍यसमालाई मानिसहरुले 'उल्का तारा' भन्‍ने गर्दछन्

१२. विश्‍वभर २२ अप्रिलमा 'बर्ल्‍ड अर्थ डे' अर्थात विश्‍व पृथ्वी दिवस मनाउने गरिन्छ।

१३. पुरै सौर्यमण्डलमा पृथ्वी मात्रै एउटा यस्तो ग्रह हो जसमा पानी तीन अवस्था(ठोस, तरल र ग्‍याँस)को रुपमा रहेको छ। यही कारण पृथ्वीमा जीवनको अस्तित्व कायम रहेको छ।

१४. विश्‍वभरमा जति पनि कृषियोग्‍य लगायतका खेती हुन्छ। त्यो पृथ्वीको करीब ११ प्रतिशत मात्र हुन आउँछ।

१५. कैयौ शताब्दी पहिले पुरै दुनियाँमा यो मान्‍यता थियो की पुरै धर्ती ब्रमाण्डको केन्द्रमा रहेको छ र सूर्य यसको चारैतिर परिक्रमा गर्दछ। तर महान वैज्ञानिक एवं खगोलविद निकोलस कोपर्निकसले जमिन होइन की सूर्य नै सौर्यमण्डलको केन्द्रविन्दु हो। साथै पृथ्वी सूर्यको परिक्रमा गर्ने गर्दछ। यही कारण पृथ्वीमा दिन र रात ह सम्भव भएको हो। (एजेन्सीको सहयोगमा)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics