बिरालोलाई चितुवा भन्दै यसरी लेखे मिडियाले ( ७ समाचार )
- नेचर खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ढाडे बिरालोलाई चितुवा भन्दै प्रचार गर्नेमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम देखिएका छन् । उनीहरुले एएफपी र एपीको काठमाडौं डेटलाइनको समाचार उद्दृत गरेका छन् । नाम चलेका ठूला अखबार, टेलीभिजन तथा अनलाइनले विमानस्थलमा देखिएको चितुवाका कारण विमानस्थल केहीबेर अवरुद्ध भन्ने समाचार प्रकाशित गरेका छन् ।
विहान हल्ला चलेपछि संसारभरी फैलिएको यो समाचारको वास्तविकता भने अर्कै थियो । नेचर खबरले यसअघि नै प्रकाशित गरेको समाचारमा उल्लेख भएजस्तै यो लामो पुच्छर भएको वन बिरालो थियो । हेरौं केही चर्चित अनलाइन तथा टेलीभिजनहरुले प्रकाशित गरेको समाचार ।
प्रतिक्रिया दिनुहोस