विमानस्थलमा ढाडे बिरालो थियो, चितुवा होइन

सोमबार विमानस्थलमा यस्तै बिरालो भेटिएको थियो/फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहानै चितुवा पसेको खबर शहरभरी फैलियो । शिकारीहरु गुलेली र बन्दुक बोकेर रनवे तीर दौडिए । विमानस्थलका कर्मचारीहरु पनि चितुवा भेटिएको खबर आफ्ना हाकिम, आफन्त तथा सञ्चारमाध्यमहरुलाई टिपाउन थाले । खबर यसरी फैलियो की, विमानस्थल भेटिएको चितुवा पानी जाने पाइपमा लुेकेको छ । तर अझै भेट्टाउन सकिएन । अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा भेटिएको खबर नेपाल आउदै गरेका विमानका चालकसम्म पनि पुग्यो ।उडानको तयारी गरिरहेको  नेपाल एयरलाइन्सको जहाज चिुतवा रन वे मा देखिएको कारण देखाउदै केही बेर ढिलो उड्यो ।


तर, बिहान एकैछिनमा भाइरल भएको त्यो समाचार सत्य थिएन । नत त्यहाँ चितुवा भेटिएको थियो । नत समाचारमा भनिएजस्तो त्यसले कुनै आतंक मच्चाएको थियो । चितुवाका रुपमा ब्याख्या गरिएको त्यो लामो पुच्छर भएको बन बिरालो (ढाडे बिरालो) थियो । जुन त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलमा बारम्बार देखिइरहन्छ । झिसमिझैमै स्याल तथा ढाडे बिरालो विमानस्थलमा कराउंछन् । उझ्यालो हुदै गएपछि लुक्छन् । यो क्रम वर्षौंदेखि चलिरहेकै छ ।


लामो समय विमानस्थलमा शिकारीको नेतृत्व गरेका गोकुल ठकुरी भन्छन्, “हामीले बिरालो भेटिरहेका हुन्छौं । समाचार र हल्लाचांही बाघ र चितुवाको बच्चा भनेर भइरहेको हुछ ।”
सोमबार बिहान पनि चितुवा भेटिएको हल्ला चलिरहदा शिकारीहरु भने हांसिरहेका थिए । “हामी बिरालो खेदेर आउदै मात्रै थियौं । चितुवा भेटिएको हल्ला शहरभरी फैलिएको सुनेर डल्लो परेर हास्यौं,” विमानस्थलमा शिकारीका रुपमा काम गरिरहेका राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका एक कर्मचारीले भने । सोध्नेहरुलाई चितुवा भेटिएको होइन बिरालो हो भनेर दिनभरी स्पष्टीकरण दिइरहेका छन् ।


विमानस्थल स्याल तथा बिरालो उल्लेख्य संख्यामा आउछन् । त्यही कारण निकुञ्जले तिनीहरुलाई नै धपाउनका लागि आधा दर्जन शिकारीको दरबन्दी नै विमानस्थलमा सृजना गरी शिकारी परिचालन गरेको छ । चितुवालाई बाघ भन्ने तथा बिरालोलाई चितुवा भनेर प्रचार गर्दा सबैभन्दा धेरै तनावमा भने विमानस्थलका शिकारी हुन्छन् । “माथीमाथीबाट सोधनी हुन्छ । त्यत्रो चितुवा आउदा तिमीहरु के हेरेर बसेका थियौं भन्छन्” शिकारीहरुको गुनासो छ । 

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics