आरोही दावा याङजुमसहित ९ जनालाई पञ्चेबाजासहित सम्मान

काठमाडौं - ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरी कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो ।

नेपाली महिलातर्फ पहिलो पटक ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा साथै सफल आरोहीहरू निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पालगायत ९ जना आरोहीहरुलाई नेपाल पर्वतारोहण संघ, आफन्त र समर्थकले सम्मानका साथ स्वागत गरे ।

साथै उनीहरुलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics