नेपालमा १८५ वर्षपछि ‘सानो ओत’ अस्तित्वमा रहेको पुष्टि

काठमाडौं । नेपालमा १८५ वर्षपछि सानो ओत अस्तित्वमा रहेको पुष्टि भएको छ । सानो ओत सन् १८३९ यता लामो समय अस्तित्व रहेको कुनै ठोस प्रमाण प्राप्त भएको थिएन ।

यो प्रजातिलाई नेपालबाट लोप भइसकेको आशङ्का गरेको थियो । मोहन विक्रम श्रेष्ठ, गंगा श्रेष्ठ, हिरुलाल डंगौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सावेज र जुओफु जियाङले गरेको अध्ययनले यो प्रजाती अझै अस्तित्वमा रहेको पुष्टि गरेको हो ।

१८५ वर्षपछि पहिलो पटक नेपालमा सानो ओत फेला परेको फोटो सहित उनीहरूले प्रमाण प्रस्तुत गरेका छन् ।

सन् २०२४, नोभेम्बर महिनामा सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लाको रंगुन खोला र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको थियो । एक हप्तासम्म पालनपोषण पश्चात छाउरा सानो ओतलाई पुनःवासस्थानमा यो अध्ययन समूहले फर्काएको बताएको छ ।

छाउरा सानो ओत भेटिनु भनेको उक्त स्थानमा अन्य ओतहरू पनि भएको जनाउँछ । उनीहरूले यसको संरक्षणमा जोड दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics