आज विश्वभरि नाङ्गो पैदलयात्रा



प्राकृतिक रूपमा प्रकृतिसँग रमाइलो गर्न विश्वमा जुन २१ मा विश्व नाङ्गो पैदल यात्रा दिवस मनाइन्छ । प्रकृतिसँग रमाइलो गर्न र प्राकृतिक रूपमै प्रकृतिसँग नजिक भएको महसुस गर्न नाङ्गै यात्रा गरी यो दिवस मनाउने गरिन्छ । यो दिवसले मनिस र प्रकृति बिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास समेत छ ।

यो दिवस नयाँ सिजनको स्वागत गर्नका लागि पनि मनाइने गरिन्छ । विशेषगरी अमेरिका र यूरोपका देशहरूमा मनाइने विश्व नाङ्गो पैदलयात्रा दिवस विश्वका सबै देशमा मनाउन कानुनी मान्यता छैन । नेपालमा भने यो दिवस अझ सम्म मनाइएको पाइदैन ।

आधुनिक युगमा पैदल यात्रा मानिसको जीवनशैलि भित्र पर्ने गरेको छ । पदैल यात्राले मनिसलाई प्रकृति सँग नजिक बनाउन मद्दत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics