रेनल्टद्धारा नो हर्न र्याली सम्पन्न



काठमाडौ महानगरपालीकासंगको नो हर्न क्याम्पेनसंग सहकार्य चलिरहँदा निरन्तरता स्वरुप आफ्नै ब्राण्डको साधन प्रयोग गरी रेनल्ट नो हर्न नामक जनचेतना मुलक कार र्याली सफलतापुर्वक सम्पन्न गरेको छ ।



२५ रेनल्ट कार सम्मीलित उक्त र्यालीमा कार धनीहरु परिवार सहित सहभागी थिए । र्याली थापाथली शो रुमबाट सुरु भई कोटेश्वर सल्लाघारी हुदै नगरकोट पुगेको थियो । कम्पनीका जनरल म्यानेजर अधिर श्रेष्ठले र्यालीका सहभागीहरुलाई झन्झट रहित प्राविधिक सहयोग प्रदान गरी सामाजिक चेतनामुलक कार्यक्रममा सहभागी गराउन पाएकोमा खुसी ब्यक्त गरे ।



उनले आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले यस्ता कार्यक्रहरुलाइ निरन्तर आयोजना गर्ने बताए । कार्यक्रम नेपाल टफिक प्रहरी महाशाखाको सहयोग तथा इप्लानेटको व्यवस्थापनमा सम्पन्न भएको थियो ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics