पञ्चेश्वर आयोजनाकाे नेपाल भारत सचिवस्तरीय बैठक असफल

फाईल फाेटाे


बहुचर्चित पञ्चेश्वर आयोजनामा सहमति जुटाउन नेपाल भारत सचिवस्तरीय बैठक असफल भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सहमति जुटाउन दुई दिनदेखि काठमाडौंमा जारी नेपाल भारत सचिवस्तरीय बैठक महाकाली सन्धिको सैद्धान्तिक पक्षमै सहमति हुन नसकी टुंगिएपछि असफल भएको हो । अन्नपुर्ण पोस्टमा विकास थापा लेख्छन् मंगलबारको बैठकमा भएको दुवै देशका आ आफ्ना अडानले कर्मचारी तहबाट पञ्चेश्वरका विवादित मुद्दा सुल्झन नसक्ने र उच्चस्तरीय राजनीतिक हस्तक्षेपबाट मात्र सहमति जुट्ने प्रस्ट भएको छ ।

नेपालको जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका सचिव नरेन्द्र कुमारले नेतृत्व गरेको बैठकमा भारतीय पक्षले तल्लो शारदाको पानी उपयोगमा आफ्नो पुरानो अडान कायम राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो । बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार २० वर्षदेखि निर्णय हुन नसकेको तल्लो शारदाको विषय उच्चतरीय प्राविधिक संयन्त्रले टुंग्याउन सकेन ।

भारतले टनकपुर ब्यारेजदेखि एक सय ६० किलोमिटर तल बनाएको तल्लो शारदामा सिँचाइ प्रणालीमा उपयोग गर्दै आएको पानीलाई ‘अग्राधिकार’ को रुपमा आफ्नो हक लाग्ने र त्यसलाई महाकालीको पानीबाट कट्टा गर्न नमिल्ने २० वर्षअघिको अडानलाई मंगलबारको बैठकमा पनि दोहोर्‍याएको छ । भारतले २३ वर्षअघि महाकाली सन्धि गर्ने बेला तल्लो शारदाका लागि पानीको अग्राधिकार माग गरेको थिएन । तर, उसले सन् १९७२ मा निर्मित शारदा सहायक नहरले महाकाली (भारतमा पुगेपछि शारदा नदी) बाट २ सय १ क्युमेक्स पानीको उपभोग गरिरहेकाले आफूलाई शारदाको पानीको अग्राधिकार चाहिन्छ भन्ने माग गर्दै आएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics